युवालाई रोक्न सामूहिक खेती अभियान जरुरी

नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुकको सूचिमा उक्लिँदै गरेको अवस्थामा छ । नेपालमा रहेका अथाह प्राकृतिक स्रोत र साधनहरूको समुचित प्रयोग गर्न सकेको भए अहिलेसम्म नेपालले धेरै फड्को मारिसकेको अवस्था हुने थियो ।

नेपालमा अथाह सम्भावना भित्र रहेका विषयहरूलाई कसरी उपयोग गर्ने भन्ने बारेमा विभिन्न समयमा निर्माण भएका सरकारहरूले प्रयासहरू नगरेका पनि होइनन् । प्रयास कतिपय गरिएका कामहरु प्रभावकारी हुन नसक्नु पनि विडम्बनाको कुरा हो । अहिलेसम्म जसले सरकार सञ्चालनको जिम्मेवारी लिएका छन् । ती व्यक्तिहरूले प्रभावकारी कामको थालनी गर्नुपर्ने आवश्यकता थियो । नेपालका विभिन्न कानुनहरूमा देखिएका अल्झनहरु र प्रत्येक वर्षमा हुने सरकार परिवर्तनले पनि नेपालको आर्थिक अवस्था सुधारमा चुनौती देखिएको छ ।

पछिल्ला दिनहरूमा नेपालमा रोजगारी नपाइने, गर्न खोजेका कामहरूमा पनि विभिन्न खाले अल्झनहरु आउने जस्ता समस्याहरूले युवाहरू धमाधमविदेश जाने प्रचलन बढेको छ । विदेशजाने विषयअहिले मात्रहैन हिजोको राजतन्त्रमा पनि थियो । त्यसपछिको परिवर्तनमा पनि थियो र अहिले नेपालमा सङ्घीयता आइसकेपछि पनियो अवस्था कायमै छ । धेरै जसो युवाहरू अध्ययनका सिलसिलामा विदेश जाने गरेका छन् । नेपालको धेरै ठुलो धनराशी विदेश अध्ययनका नाममा खर्च भएको छ । नेपालमा अध्ययन गरेर रोजगारी प्राप्त हुन नसक्ने विषयले पनि समस्या कायम गरेको छ । नेपालको शिक्षा प्रणालीमा पनिनिकै धेरै चुनौतीहरू थपिएको अवस्था छ । व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणालीको विषयचर्को रूपमा उठाएका राजनीतिकदलहरूले पनि सरकारमा गएका बेलामा आवश्यकता अनुसार कामगर्न नसकेका कारण पनि युवाहरूमा निराशा छाएको अवस्था छ ।

विशेष गरेर नेपालका सहरी क्षेत्रमाबसाई सर्ने प्रचलन धेरै बढेको छ । पहाडी क्षेत्रका युवाहरू धमाधम सहरी क्षेत्रमाप्रवेश गर्ने, सहरी क्षेत्रबाट विदेश पलायनहुने दर पनि नेपालको सन्दर्भमा बढिरहेको अवस्था छ । गाउँमै सिंहदरबारको अवधारणा जसरी विकास भएको छ सोहीअनुसार अब स्थानीय सरकारको कार्ययोजना अनुसार प्रदेश र सङ्घ सरकारले खाली जमिनको सदुपयोग गर्दै सामूहिक खेती प्रणाली सुरुवात गर्नुपर्ने आवश्यकता देखिएको छ ।

खाली रहेका जमिनहरूलाई पालिका सरकारले जग्गाधनीसँग भाडामा लिने, वातावरण र भूगोल सुहाउँदो फलफूल, तरकारी वाअन्य खेती प्रणालीको सुरुवात गरेर युवाहरूलाई गाउँमै रोजगारी प्रदानगर्न सक्ने वातावरण तयार हुन सक्छ । कतिपययुवाहरू जसले गाउँमै केहीकाम गर्छु भनेर विभिन्नखाले उद्यमीबन्न सुरु गरेका छन् । त्यस्तायुवाहरूको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरु योजना निर्माण गरेर उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको जिम्मा समेत सरकारले लिन सक्ने हो भने युवाहरू गाउँमै रोकिनेछन् र देशको आर्थिक अवस्था सुधार हुँदै जानेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार